दार्चुलास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका पुरुष महाकालीमा बेपत्ता

भाद्र २८, २०८० |मनोज बडू
दार्चुलास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका पुरुष महाकालीमा बेपत्ता

दार्चुला । दार्चुलास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूषले महाकाली नदीमा हाम फालेका छन् । बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बेपत्ता पुरूषको पहिचान खुलेको छैन । के कति कारणले हाम फाले भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । बेपत्ता पुरूषको सुरक्षाकर्मी र स्थानीयले नदी किनारमा खोजी गरिरहेका छन् ।

पुलबाट हाम फाल्नुअघि ती पुरुष नेपालबाट झोलुङ्गे पुल हुँदै भारततर्फ गएको र भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले पहिचान पत्र माग्दा कुनै किसिमको कागज नभएपछि उनलाई नेपाल फर्काएको स्थानीयबीच हल्ला चलेको छ ।

भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि ती पुरुषले पुलको बिच भागबाट महाकालीमा हाम फालेको स्थानीयको भनाइ छ । यद्यपि, यसको पुष्टि हुन सकेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । 


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।