बेलायत जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा ७ वर्षीया बालिकासहित पाँच जनाको मृत्यु

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायत जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा ७ वर्षीया बालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । फ्रान्सबाट समुन्द्री मार्ग हुँदै अवैध तरिकाले बेलायत जाँदै गरेका आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ७ वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

सानो डुङ्गामा क्षमताभन्दा बढी मानिस चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । डुङ्गामा एक सय १२ जना थिए । ४९ जनाको उद्धार गरिएकोमा गम्भीर अवस्थामा रहेका ४ जनालाई आपतकालीन सेवाका लागि लगिएको थियो ।

बाँकीको खोजी भइरहेको बताइएको छ । खोजीका लागि घटनास्थल नजिकै हेलिकोप्टर तथा अन्य डुङ्गा परिचालन गरिएको जनाइएको छ । बेलायती संसदले आप्रवासीलाई रुवान्डा पठाउने निर्णयलाई अनुमोदन गरेको केही घण्टा‍मै उक्त घटना भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.