आईपीएलमा लखनउको पाँचौं जित

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा लखनउको पाँचौं जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएरातिको खेलमा लखनउ सुपर जयन्ट्सले ६ विकेटको जित दर्ता गरेको छ । लखनउले चेन्नई सुपर किंग्सविरुद्ध तीन बल बाँकी रहँदै रोमाञ्चक जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय १० रन बनाएको थियो। ओपनर रितुराज गायक्वडले ६० बलमा एक सय ८ रन बनाए। डर्याल मिचेलले ११, रविन्द्र जाडेजाले १६ रन मात्र बनाउँदा शिवम् दुवेले ६६ रनको विस्फोटक पारी खेले।

लखनउका हेरी मिट, मोहिस खान र यस ठाकुरले समान एक-एक विकेट लिए। जवाफमा लखनउले पनि कमजोर सुरुआत गर्यो। ओपनर क्विन्टन डिकक शून्य र केएल राहुल १६ रनमा आउट भए। मार्कस स्टोइनिसले १ सय २४ रनको पारी खेलेका थिए। निकोलस पुरनले ३४ रनको योगदान गर्दै लखनउलाई जित दिलाए।

चेन्नईका माथिसा पाथिरानाले दुई विकेट लिएका थिए। यो जितसँगै लखनउले ८ खेलबाट १० अंक बनाएको छ। लखनउको शीर्ष चारमा रहँदै प्ले अफमा पुग्ने सम्भावना कायमै छ। आईपीएलमा आज दिल्ली क्यापिटलले गुजरात टाइटन्सको सामना गर्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.