निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने सरकारको नीति : अर्थमन्त्री

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने सरकारको नीति : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनलले शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताउनुभएको छ ।

राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तर्क्रियामा मन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने नीति सरकारको रहेको बताउनुभयो ।

मन्त्री पुनले आउँदो आर्थिक वर्षको बजेटमा कसैलाई फाइदा पुग्ने गरी करका दर हेरफेर नगरिने पनि स्पष्ट पार्नुभयो ।

छलफलमा नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.