काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच टी-ट्वेन्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सिरिजकै उत्कृष्ट खेलाडी बनेका छन् ।
रोहितले सिरिजमा २६५ रन बनाएका थिए । उनले चार खेलमा एक विकेटसमेत लिएका थिए । उनले चौथो खेलमा ब्याटिङको मौका भने पाएनन् । तीन खेलमा नै दुई सय ६५ रन बनाएका रोहितले पहिलो खेलमा ११२, दोस्रोमा ७१ र तेस्रो खेलमा ८२ रन बनाएका थिए ।
वेस्ट इन्डिजका जनसन चार्ल्स प्रतियोगिताको उत्कृष्ट ब्याटर बनेका छन् । पाँचै खेल खेलेका उनले उनले २१२ रनको योगदान गरे । उनी रोहितभन्दा पछि रहे । त्यसैगरी वेस्ट इन्डिजकै ओबेड मकोय उत्कृष्ट बलर बने । उनले सिरिजभर आठ विकेट लिएका थिए ।