मदिरा तस्करी र राजस्व छली प्रकरणमा पक्राउ परेकामध्ये एकजना गुपचुप रिहा

राजश्व कार्यलयका कर्मचारी भन्छन्- छाडेको छैन
चैत्र १७, २०८० |विनय आजाद
मदिरा तस्करी र राजस्व छली प्रकरणमा पक्राउ परेकामध्ये एकजना गुपचुप रिहा

सिरहा । शारदा डिस्टिलरी उद्योगको राजस्व छली र सिरहाबाट भारत मदिरा तस्करी प्रकरणमा पक्राउ परेका दुई जनामध्ये एक जनालाई गुपचुप रूपमा रिहा गरिएको तथ्य सार्वजनिक भएको छ । कान्तिपुर टेलिभिजनले राजस्व छली र तस्करीको विषय खुलासा गरेपछि आन्तरिक राजस्व कार्यालय, लहानले गत चैत ८ गते उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र माडरस्थित आशीष जनरल स्टोरका मालिक ललनकुमार यादवलाई नियन्त्रणमा लिएको थियो ।

त्यसमध्येका यादवलाई शुक्रबार राजस्व कार्यालयले गोप्य रूपमा छाडिदिएको हो । उनलाई धरौटीमा रिहा गरिएको सुनिएपनि आन्तरिक राजस्व र प्रहरीले यसबारे केही सूचना दिएको छैन ।

राजस्व कार्यालयका कर अधिकृत राजेश कुमार साहले यादवलाई रिहा गरिएको बताएपनि धेरै कुरा आफूले भन्न नमिल्ने बताए । कार्यालयका प्रमुख पुन्य रिजालले भने रिहा गरिएको कुरा अस्वीकार गरे । उनले भने, 'छुटेको छैन, अनुसन्धानकै क्रममा छ, अनुसन्धानपछि मात्रै मिडियामा केही बोल्छु ।' एउटै कार्यालयका दुई व्यक्तिको फरकफरक भनाइले यादवको रिहाइ शंकास्पद भएको प्रष्ट पार्छ ।

यो पनि...

शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का पक्राउ

सिरहाको शारदा डिस्टिलरी प्रकरण : संलग्नमाथि अनुसन्धान न कारबाही

शारदा डिस्टिलरीका अर्का मालिक नवीन गोयन्का पनि फरार

राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ

उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

विनय आजादले लेखेका थप स्टोरीहरु :


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।