कान्तिपुर समाचार, १५ चैत २०८०

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १५ चैत २०८०

आजका मुख्य समाचार,

* दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु झा र खनालसहित १९ जनाविरुद्ध अख्तियारको मुद्दा / एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको आरोप / ९२ करोड बिगो दाबी ।

* रुसबाट फर्काइदिन नेपालीको हारगुहारकै बीच श्रम स्वीकृति दिने सरकारको गैरजिम्मेवार निर्णय / संसदीय समितिले देखायो चासो / परराष्ट्र र श्रममन्त्रीसँग जवाफ माग्ने तयारी ।

* पुँजीगत खर्च बढाउन मन्त्री तथा मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको निर्देशन / बजेट मागेर खर्च नगर्ने परम्परा अन्त्य गर्न जोड / सवारी करका दरमा एकरुपता कायम गरिने ।

* दिल्लीका मुख्यमन्त्री केजरीवाल थप ४ दिन हिरासतमै / पदमुक्त गर्न माग गर्दै दायर रिट दिल्ली उच्च अदालतद्वारा खारेज / भारत र अमेरिकाबीच कूटनीतिक तनाव बढ्दो ।

* लुम्बिनी प्रदेशकी सुष्मा तामाङ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनल प्रवेश / कर्णालीकी अस्मिता दुवाल पनि अन्तिम चारमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement