आजका मुख्य समाचार
– महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जले / करिब पाँच घण्टाको प्रयासपछि आगो नियन्त्रणमा / सम्पत्ति सखाप भएपछि पीडित रुँदै ।
– सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको संकेत / अध्यक्ष ओली भन्नुहुन्छ- हुँदैन / संविधान र विधानले नछेक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी ।
– निजी विद्यालयले गरे शुल्कमा मनपरी / भर्नाका नाममा हरेक वर्ष अभिभावकसँग चर्को असुली / शुल्क निर्धारण र अनुगमनमा स्थानीय सरकार उदासीन ।
– दुई दिने राजकीय भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता / श्रम सम्झौता पुनरावलोकनको अवसर गुम्यो / विपिन जोशी रिहाइको विषयमा नेपालको अपरिपक्वता ।
– कमजोर तयारीका साथ नेपाली टोली मैत्रीपूर्ण फुटबल खेल्न इंग्ल्यान्ड जाँदै / एन्फाका २० जना सदस्य टोलीमा / अरूले खर्च बेहोर्ने भन्दै पन्छियो एन्फा ।