आजका मुख्य समाचार,
* बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा कांग्रेस नेता अफताब आलम दोषी ठहर / रौतहट जिल्ला अदालतद्वारा आलमसहित ४ जनालाई जन्मकैद ।
* नि:शुल्क औषधिमै भ्रष्टाचार / बिरामीले फिर्ता गरेको औषधि त्रिविको मनमोहन कार्डियोथोरासिक सेन्टरका कर्मचारीले बेचेको खुलासा / शाखा प्रमुखसहित ७ जनामाथिको कारबाही सिफारिस अलपत्र ।
* सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन भइरहेको कानुनमन्त्रीको दाबी / आवश्यक परे संसदीय समिति बनाइने / सहकारी समस्या समाधान गर्न छुट्टै कानुन बनाउने सरकारको निर्णय ।
* अधिकांश पञ्चवर्षीय योजना लक्ष्य भेटाउन असफल / गरिबी २० प्रतिशतबाट १२ मा झार्ने रणनीतिसहित १६औं योजनाको मस्यौदा तयार / कार्यान्वयनमा विज्ञको आशंका ।
* वेस्ट इन्डिज ‘ए’ विरुद्ध ५ टी-ट्वेन्टी सिरिजका लागि १६ सदस्यीय नेपाली टोली घोषणा / विश्वकप टिमविरुद्ध खेल्न नेपाल उत्साही / पहिलो खेल शनिबार ।