गठबन्धनलाई सकस : सुदूरपश्चिम, बागमती र गण्डकीका मुख्यमन्त्रीले कसरी पाउलान् विश्वासको मत ?

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
गठबन्धनलाई सकस : सुदूरपश्चिम, बागमती र गण्डकीका मुख्यमन्त्रीले कसरी पाउलान् विश्वासको मत ?

सात प्रदेशमध्ये बागमती, गण्डकी र सुदूपश्चिम प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत जुटाउन सकस छ । चैत २२ भित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका तीनवटै प्रदेशका मुख्यमन्त्री अहिले केन्द्रको निर्देशन र सहयोग कुरिरहेका छन् ।

बागमतीमा गत फागुन २३ गते नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । दुई सिट रहेको हाम्रो नेपाली पार्टीले समेत समर्थन फिर्ता लिएपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल थप दबाबमा छन् ।

बागमतीमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा ५५ सिट मात्रै रहेको गठबन्धनलाई सत्ता जोगाउन एक मत अपुग छ । नेमकिपा, राप्रपा र हाम्रो नेपाली पार्टीलाई फकाउन केन्द्रीय नेतृत्वको सहयोग कुरिरहेका मुख्यमन्त्री अझै राजधानी काठमाडौंमै छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि विश्वासको मत लिन कसरत गरिरहेका छन् । पहिलो चरणमा विश्वासको मत लिन नसके ठूलो दलको हैसियतले दोस्रो चरणमा विश्वासको मत पुर्‍याउन सकिने कांग्रेसको निष्कर्ष छ ।

यता कोशी, मधेश, कर्णाली र लुम्बिनीमा भने गठबन्धनलाई बहुमत जुटाउन सहज छ । यी चारै प्रदेशमा नयाँ गठबन्धनका शीर्ष नेतृत्वबीच हुने सहमतिअनुसारै प्रदेश सरकार गठन हुने निश्चित छ ।

यसै विषयमा कान्तिपुर टेलिभिजनले आफ्ना सहकर्मीहरु बागमती प्रदेशबाट बालकृष्ण अधिकारी, गण्डकीबाट भूपाल गुरुङ र सुदूरपश्चिम प्रदेशबाट टेकराज जोशीसँग कुराकानी गरेको छ ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement