नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको सहभागिता थियो । यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराको भनाइ छ ।
बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सात प्रदेश सभा सदस्यमध्ये विनाविभागीयमन्त्री लक्ष्मणकिशोर चौधरी र पूर्वराज्यमन्त्री कैलाशी चौधरी मात्रै सहभागी थिए । संस्थापक रेशम चौधरी भने जापान गएका छन् । यसै विषयमा थप जानकारी दिँदै कैलाली सहकर्मी टेकराज जोशीसँगको कुराकानी ।
विस्तृत भिडियोमा :