पोखरा । रङहरूको पर्व फागु पूर्णिमा काठमाडौं र पोखरामा विदेशी पर्यटकले पनि मनाएका छन् । नेपाल घुम्न आएका पर्यटकले काठमाडौंसँगै विशेष गरी पोखराको लेक साइडमा आयोजित फागु उत्सवमा स्थानीयसँगै रङ खेल्दै नाच्दै गाउँदै होली मनाएका हुन् । पर्यटकीय राजधानी पोखरामा बर्सेनि आयोजना हुने होली उत्सवमा पर्यटन व्यवसायी, स्थानीयसँगै विदेशी पर्यटक पनि रङ्गिने गर्दछन् ।
सडक मै यसरी नाच्दै गाउँदै रङ्ग खेल्दै फागु पर्व मनाउन पाउँदा पर्यटकहरू पनि खुसी देखिन्छन् । विदेशी पर्यटकहरू फागुकै लागि पोखराको बसाई लम्बाउने र दोहोर्याएर पोखरा आउने गर्दछन् ।
पोखरामा लेक साइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको सडकमा नेपाली मौलिक बाजागाजासहित उत्सव मनाइन्छ । कला, संस्कृति र पर्वहरूको जगेर्नासँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका व्यवसायीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि फागु उत्सवको आयोजना गरेका हुन् ।
पोखराको लेक साइड मात्र हैन पोखरामा क्रियाशील विभिन्न संघसंस्थाले आ आफ्नै तवरले होली उत्सवको आयोजना गरेका छन् ।
यो पनि...
आपसी सद्भाव र खुसी साटासाट गरेर पहाडी क्षेत्रमा मनाइयो फागु, तराईमा भोलि मनाइँदै