काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ । वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले ७ विकेट गुमाएर ७३ रन बनाएको हो ।
गएरातिको भारी वर्षाले मैदान प्रभावित भएपछि सवा २ बजे सुरु भएको खेल ८ ओभरमा घटाइएको थियो । साउदीका अब्दुल वाहिदले १६ बलमा ३७ रन बनाएर आउट भए । बाँकी खेलाडी सस्तैमा समेटिए ।
नेपालका करण केसीले दुई विकेट लिए भने अभिनाश बोहराको नाममा पनि दुई विकेट रह्यो । ललित राजवंशी र प्रतिश जिसीले एक–एक विकेट लिए ।