एनआरएस फाउन्डेसनले दौडिन सिकाउने

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनआरएस फाउन्डेसनले दौडिन सिकाउने

काठमाडौं । कसरी दौडने र दौडँदा घाइते हुनबाट कसरी बाच्नेजस्ता विषयलाई समेटेर एन-आर-एस फाउन्डेसनले ५ महिनाको निःशुल्क दौड प्रशिक्षण आयोजना गर्ने भएको छ ।

फाउन्डेसनले काठमाडौंको दशरथ रंगशाला, स्वयम्भु, कीर्तिपुर, ललितपुर, भक्तपुर, पोखरा, हेटौंडा र बुटबलमा गरी ८ स्थानमा प्रशिक्षण गर्न लागेको हो । हरेक वर्ष काठमाडौं म्याराथन गर्दै आइरहेको फाउन्डेसनले म्याराथनअघि प्रशिक्षण गर्न लागेको हो ।

प्रशिक्षणका लागि मंगलबार सातदोबाटोस्थित ओलम्पिक हलमा प्रशिक्षक अन्तरक्रिया तालिमसमेत आयोजना गरियो । दौड प्रशिक्षणको खोजीमा रहेकाहरुलाई यो प्रशिक्षण निकै फलदायी हुने विश्वास प्रशिक्षक राकेश बज्राचार्यको छ ।

यसवर्षको प्रशिक्षणमा ४ सय ५० जना समावेश गराउने लक्ष्य फाउन्डेसनको छ । यस्ता प्रशिक्षणबाट निस्किएका उत्कृष्ट युवा खेलाडीलाई विभिन्न क्लव र संघमा आवद्ध गराएर राष्ट्रिय खेलाडी बन्नका लागि समेत सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.