भिसा नआएपछि नेपाली फुटबल टिम इङ्ल्यान्ड उड्न ढिलाइ

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भिसा नआएपछि नेपाली फुटबल टिम इङ्ल्यान्ड उड्न ढिलाइ

काठमाडौं । भिसा नआएपछि नेपाली टोलीको इंग्ल्यान्ड भ्रमणमा ढिलाइ हुने भएको छ । आज विहान ९ बजेका लागि नेपाली टिमको टिकट तय गरिएको भए पनि खेलाडी त्यसतर्फ जान पाएका छैनन् ।

हिजो नेपालका लागि इंग्ल्यान्डका राजदूतले नेपाली टिमको विदाइ गरेका थिए । तर, भिसा नआएका कारण एन्फाले खेलाडी पठाउन पाएको छैन । भिसा समस्या भएपछि दुई समय गरेर खेलाडी पठाउने सुरुआति तालिका थियो। तर, सबै खेलाडीको पासपोर्ट ढिलो प्राप्त भएका कारण भिसा एप्लाई गर्न नै ढिलाइ भएको थियो । जसका कारण खेलाडीको भिसा आउन समय लागेको जनाइएको छ । 

यता, एन्फाका प्रवत्ता सुरेश शाहले नेपाली टिमको ट्रान्जिट दोहा र यूएई फरक–फरक परेका कारण विहानको टिकट रातिलाई सारेर टिमलाई सँगै लैजाने बताएका छन् । ३५ सदस्यको नेपाली टिमलाई एन्फाले हिजो विदाइ गरेको थियो । नेपाली टिमले यही वैसाख २४ गते एल्डरसट टाउन फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.