वर्षाले रोकियो नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
वर्षाले रोकियो नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी

काठमाडौं । वर्षाका कारण नेपाल-ए र आयरल्यान्ड उलभ्सबीच आज हुने तय भएको टी-ट्वेन्टी खेल रद्द भएको छ । 

गए रातिदेखि निरन्तर परिरहेको पानीका कारण आउट फिल्ड खेल्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदनमा मुख्य पिच छोपिए पनि आउट फिल्ड भने वर्षाका कारण खेल्न नमिल्ने भएको क्यानले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रियस्तरका क्रिकेट मैदानमा वर्षापछि मैदान सुकाउन अत्याधुनिक ड्रिनेज प्रणाली जडान गरिएको हुन्छ । टीयू क्रिकेट मैदानमा ड्रिनेज प्रणाली नहुदाँ र फ्लड लाइटको समेत व्यवस्था नहुदाँ सामान्य वर्षाले पनि खेल रद्द हुने गरेको छ । तीन खेलको सिरिज अन्तर्गत आज पहिलो खेल रद्द भएको हो । सिरिजको दोस्रो खेल भोलि र तेस्रो खेल १८ गते तय भएको छ । त्यसपछि यी दुई टिमले तीन खेलको एक दिवसीय सिरिज पनि खेल्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement