ब्राइटनमाथि म्यानचेस्टर सिटीको चार-शून्य गोलको सहज जित

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्राइटनमाथि म्यानचेस्टर सिटीको चार-शून्य गोलको सहज जित

काठमाडौं । म्यानचेस्टर सिटीले ब्राइटनमाथि चार-शून्य गोलको सहज जित हात पार्दै इङलिस प्रिमियर लिगको उपाधिको दौड बलियो बनाएको छ ।

गएराति ब्राइटनको मैदानमा भएको खेलमा सिटीले १७ औँ मिनेटमा केभिन डी-ब्रुयानको हेडर गोलमार्फत अग्रता लिएको थियो । प्रिमियर लिगमा उनको ६८ औँ गोल हो  । २६ औँ मिनेटमा फिल फोडनले टिमका लागि दोस्रो गोल थपे । योसँगै उनले सिटीका लागि प्रिमियर  लिगमा ५० गोल पनि पूरा गरे । 

क्लबका लागि यो सफलता हात पार्ने फोडन दशौं खेलाडी हुन् । ३४ औँ मिनेटमा फोडनले नै फेरी गोल गरेपछि घरेलु टोली पहिलो हाफमा तीन शून्यले पछि परेको थियो । ६२ औँ मिनेटमा युलियन अल्भारेजको गोलसँगै पेप ग्वार्डिवालाको टोली चार-शून्यको प्रभावशाली जित हात पार्न सफल भयो । 

सिटीको जीतपछि शीर्ष स्थानमा रहेको आर्सनल माथि दबाब परेको छ । आर्सनलको ३४ खेलबाट ७७ अंक छ ।  एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको  सिटीको ७६ र तेस्रो स्थानको लिभरपुलको ३४ खेलबाट ७४ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.