आईपीएलमा कोलकातामाथि पञ्जाबको सहज जित

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा कोलकातामाथि पञ्जाबको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले ८ विकेटको सहज जित निकालेको छ । कोलकाताले दिएको २६२ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

पञ्जाबले जोनी ब्रेस्टोको शतका लक्ष्य भेट्टाएको हो । ४८ बल खेलेका उनले ९ छक्का र ८ चौकासहित १०८ रन बनाए । यस्तै पञ्जाबका लागि शशांक सिंहले ६८ र प्रभसिमरन सिंह ५४ रन बनाएका थिए । यस्तै रिली रुसोले २६ रन बनाएका थिए ।कोलकाताका लागि नारायनले १ विकेट लिए ।

यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । कोलकाताका लागि फिल साल्टले सर्वाधिक ७५ रन बनाए । ३७ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए । यस्तै वेंकटेश अय्यरले ३९, कप्तान श्रेयस अय्यरले २८ र आन्द्रे रसेलले २४ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिंहले २ विकेट लिए भने सेम कुरन, हर्सल पटेल, रहुल चाहारले समान १-१ विकेट लिएका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.