ब्राजिलका फुटबलर अल्भेस जेलबाट रिहा

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
ब्राजिलका फुटबलर अल्भेस जेलबाट रिहा

काठमाडौं । ब्राजिलका फुटबलर ड्यानी अल्भेस बार्सिलोना जेलबाट १० लाख युरो जमानतमा रिहा भएका छन् । एक स्थानीय अदालतले आल्भेसविरुद्धको जबरजस्ती करणी मुद्दामा पुनरावेदन गर्दा ससर्त जमानतमा रिहा गर्न सकिने फैसला सुनाएको हो । 

उनले आफ्नो साढे चार वर्षको जेल सजायको एक चौथाई भुक्तान गरिसकेका छन् । सर्तअनुसार अल्भेसले आफ्नो ब्राजिलियन र स्पेनिस पासपोर्टसमेत त्याग्नु पर्ने छ ।

साप्ताहिकरुपमा अदालतमा उपस्थित गराउन तथा उनले स्पेन छोड्न नसकुन् भनेर राहदानी त्याग्नु पर्ने सर्त राखिएको रोयर्टसले जनाएको छ । अदालतले उनलाई पीडित रहेको १ किलिमिटर क्षेत्रभित्र प्रवेश गर्नसमेत प्रतिबन्ध लगाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement