काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठबीच आज बिहान बालुवाटारमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ ।
छलफल सकारात्मक रहेको र यस विषयमा भोलि थप संवाद गर्ने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । सुदूरपश्चिममा विश्वासको मत र लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा पनि आजको वार्तामा छलफल भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।