बागलुङ । बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ परेको चट्याङले ढोरपाटन नगरपालिका ३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।
घरमा परेको चट्याङ लागि घाइते भएका पुनको उपचारको क्रममा स्थानीय बुर्तिबाङ स्वास्थ्य चौकीमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।