नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न आदेश गरेको छ ।

जिल्ला र उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध सर्वोच्चमा गरेको पुनरावेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश गरेको हो । 

रायमाझीसँगै सागर राई, सानु भण्डारी, टेकनारायण पाण्डे, केशव दुलाल र सन्देश शर्मालाई थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चले आदेश गरेको छ । सर्वोच्चले  विक्रम भन्ने गोविन्दकुमार चौधरीबाट १० लाख रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत वा बैंक जमनतको धरौटी माग गरेको छ भने आङटावा शेर्पालाई ३० लाख धरौटी माग गरेको छ । 

यस्तै अर्का आरोपी शमशेर मियाँलाई भने सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.