जीबी राईलाई पक्राउ गर्नुपर्ने चितवनका सहकारी पीडितको माग

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
 जीबी राईलाई पक्राउ गर्नुपर्ने चितवनका सहकारी पीडितको माग

चितवन । चितवनको सहारा सहकारीका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

सहकारी पीडितले सञ्चालक राईलाई पक्राउ गर्न सरकारले तदारुकता नदेखाएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् । 

पीडितले फरार सञ्चालकहरूविरूद्ध पुर्जी जारी भएको लामो समय भए पनि पक्राउ नपर्नुमा कतै यसमा उच्च पदस्थ व्यक्तिहरू त सम्मिलित छैनन् ? भन्ने शंका उत्पन्न भएको बताए । 

जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । गोरखा मिडियाले ग्यालेक्सी टिभी सञ्चालन गर्दछ । गृहमन्त्री तथा चितवन-२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै बेला सोही टीभीको लगानीकर्ता र प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.