झापा । चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका २ का ५४ वर्षीय मोहनप्रसाद दुलालको आज अपराह्न चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरनजिकै खेतमा काम गरिरहेका दुलाल चट्याङ लागेर घाइते भएपछि तत्काल बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।