चितवन । चितवनमा पाटेबाघ र एक सिङे गैंडा मरेको अवस्थामा फेला परेका छन् ।
निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासीको कावासोती १५ मा आज भाले गैंडा मरेको अवस्थामा फेला परेको हो । प्राकृतिक कारणले मरेको गैंडाको खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
यस्तै निकुञ्जको भीमपुर क्षेत्रमा आज एउटा पाटेबाघ मरेको पाइएको छ । निकुञ्ज कार्यालय र नयाँ गोरखगण दलको संयुक्त गस्ती टोलीले चितवनतर्फको कोर क्षेत्रमा बाघ मरेको अवस्थामा फेला पारेको हो ।
बाघ मर्नुको कारण प्राकृतिक भनिए पनि पोस्टमार्टम हुन बाँकी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।