सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५ तौथली नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए । जन्ती लिएर शुक्रबार बिहान बसमा ५० जना चढेका थिए । 

बिहीबारको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लगिएको छ । केहीको तौथलीको वडा कार्यालयमा प्राथमिक उपचार भैरहेको मानन्धरले बताए


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement