धादिङ । धादिङको थाक्रेमा आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । बुधबार राति थाक्रे गाउँपालिका-५ पुरानडाँडा घट्टे खोलामा रहेको तेज बहादुर लामाको घरमा आगलागी हुँदा करिब ७० वर्षीय तेज बहादुर लामा र उहाँकी पत्नी ठुली लामाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेलुका करिब सवा १० बजे तिर घरमा खाना खाइरहेको बेला एक्कासी घरमा आगो लागेको थियो । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा लगाएत सबैथोक जलेर नष्ट भएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले बताएको छ ।