शारदा डिस्टिलरीका अर्का मालिक नवीन गोयन्का पनि फरार

चैत्र ९, २०८० |विनय आजाद
शारदा डिस्टिलरीका अर्का मालिक नवीन गोयन्का पनि फरार

सिरहा । शारदा डिस्टिलरी उद्योगका अर्का मालिक नवीन गोयन्का पनि फरार भएका छन् । गोलबजार नगरपालिका ९ मा अवस्थित डिस्टिलरीका अर्का मालिक नवीन पनि आन्तरिक राजस्व कार्यालयको सम्पर्कमा आएका छैनन् ।

उद्योगले आन्तरिक राजस्व विभागको एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको र सरकारी संयन्त्रकै मिलेमतोमा मदिरा भारत तस्करी गरिरहेको विषय गत आइतबार कान्तिपुर टेलिभिजनले पर्दाफास गरेको थियो ।

त्यसलगत्तै आन्तरिक राजस्व कार्यालय लहानले उद्योग र माडरस्थित गोदामलाई सिल गरेर यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र माडरस्थित गोदामका मालिक ललनकुमार यादव पनि पक्राउ परेका छन् ।

अनुसन्धानकै क्रममा बयानका लागि आन्तरिक राजस्वले उद्योगका मालिकद्वय प्रमोद गोयन्का र नवीन गोयन्कालाई पनि पत्र काटेको छ । नवीन प्रमोदका छोरा हुन् । यसअघि प्रमोद भारत भागेका थिए । राजस्व छलीमा कारबाहीमा पर्ने देखिएसँगै बुबापछि छोरा पनि भारत भागेका हुन् ।

यो पनि...

राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ

उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

विनय आजादले लेखेका थप स्टोरीहरु :


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।