लगानी सम्मेलन : के-के छन् सरकारको प्राथमिकता र निजी क्षेत्रको अपेक्षा ?

वैशाख १०, २०८१ |सुदिल पोखरेल
लगानी सम्मेलन : के-के छन् सरकारको प्राथमिकता र निजी क्षेत्रको अपेक्षा ?

नेपालमा लगानी भित्र्याउन कानुन संशोधन मात्रै पर्याप्त नरहेको विज्ञ तथा लगानीकर्ताले बताएका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘अर्थतन्त्र र समृद्धि लगानी बहस’ मा पूर्वअर्थसचिव रामेश्वर खनालले लगानीका लागि संस्थागत क्षमता अभाव र स्थानीयस्तरमा हुने उल्झन नै मुख्य समस्या रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका हुवासिन सिमेन्टका निर्देशक सुरज वैद्यले सरकारले अझै प्रक्रियागत उल्झन हटाउन नसकेको बताउनुभयो । यता उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसालले अब सरकारी निकायबीच समन्वयको वातावरण बनाउन मात्र बाँकी रहेको स्पष्ट पार्नुभयो ।

विस्तृत भिडियोमा :


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement