बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

काठमाडौं । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते (आज र भोलि) ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै रोगहरुबाट सुरक्षित रहन नियमित खोप लगाउन आग्रह गरेको छ ।

खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सक्ने पनि मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा नि:शुल्क खुवाउन थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement