च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा बायर्न र रियल मड्रिड बराबर

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा बायर्न र रियल मड्रिड बराबर

काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियाल मड्रिडले २-२ गोलको बराबरी खेलेका छन् । भिनिसियस जुनियरले खेल सकिन ७ मिनेट बाँकी हुँदा गोल गर्दै बायर्नलाई जीत हात पार्न बाट रोकेका थिए ।

घरेलु मैदान एलियान्ज एरिनामा गएराति भएको खेलको सुरुवाती २० मिनेटमा बार्यनले ६० प्रतिशत बल पोसेसनमा राखेको थियो । तर, गोल भने रियालले गर्‍यो । २४औं मिनेटमा टोनी क्रुजको उत्कृष्ट एसिस्टमा भिनिसियसले रियाललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा जर्मन जायन्टले मोमेन्टम प्राप्त गर्‍यो । ५३औं मिनेटमा लियोरी सानेले गोल गर्दै खेल बराबरी गरे । लगत्तै रियालका लुकास भाकेजले, जमल मुसियालालाई फाउल गरेपछि बायर्नले पेनाल्टीको पायो । ५७औं मिनेटमा इङ्ल्यान्ड कप्तान हेरी केनले पेनाल्टीमा गोल गरेपछि बायर्नले खेलमा रियाल विरुद्ध २-१1 को दुरी बनाएको थियो । जारी सिजन च्याम्पियन्स लिगमा केनको यो आठौं गोल हो । 

तर, ८३औं मिनेटमा डिफेन्डर किम मिन जेले रोद्रिगोलाई फाउल गरेपछि रियालले पेनाल्टीको अवसर पायो । भिनिसियसले पेनाल्टीलाई गोलमा परिणत गरे र खेल बराबरीमा ल्याए । भिनिसियसले क्लबका लागि पछिल्ला ८ खेलमा ५ गोल गरिसकेका छन् । दोस्रो लेग अर्को साता हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.