४६५ स्वास्थ्य संस्थाले बिमा बापतको ५ अर्ब भुक्तानी पाएनन्

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
४६५ स्वास्थ्य संस्थाले बिमा बापतको ५ अर्ब भुक्तानी पाएनन्

काठमाडौं । देशभर निजी, सहकारी र सामुदायिक गरी ४६५ स्वास्थ्य संस्था बिमामा आबद्ध छन् । तर ती संस्थाले स्वास्थ्य बिमा प्रदान गरेबापत सरकारसँग पाँच अर्ब भुक्तानी पाउन सकेका छैनन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य संस्थाहरुलाई चार महिनादेखिको दाबी भुक्तानी गर्न बाँकी छ । कतिपय सेवा प्रदायक संस्थाहरुले प्रमाण नपुर्याईकनै बिमा बापतको रकम दाबी गर्ने भएकाले रुजु गर्न जनशक्ति अभाव हुँदा भुक्तानीमा समय लागेको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जनाए ।

संस्थाको स्थायी दरबन्दी संरचना पास नहुँदा करार र काजका कर्मचारी राखेर काम चलाउनु परेकाले पनि समस्या हुँदै आइरहेको बोर्डले जनाएको छ । बिमामा आबद्ध सेवाग्राहीले अनावश्यक रुपमा सुविधा लिने गरेको भन्दै बोर्डले बिमा सेवाबापत को-पेमेन्ट पनि लागु गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement