आईपीएलमा कोलकाता नाइट राइडर्सको छैटौं जित, दिल्ली क्यापिटल्स ७ विकेटले पराजित

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा कोलकाता नाइट राइडर्सको छैटौं जित, दिल्ली क्यापिटल्स ७ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । फिल सल्टले आक्रामक ब्याटिङ गरेपछि कोलकाताले जारी सिजनमा छैटौं जित हात पारेको हो ।

इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५३ रनको मध्यम योगफल बनाएको थियो । ओपनर पृथ्वी सा १३ र जेक फ्रेजर मेक्गर्क १२ रनमा मैदान बाहिरिएका थिए । साइ होप पनि मात्र ६ रनमा पवेलियन फर्किए । अभिषेक पोरेलले १८ रन थपे । दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ३५ रन जोडे । कप्तान रिसब पन्तले २७ रन बनाएका थिए ।

वैभव अरोरा र हर्षित रानाले दुइ-दुइ विकेट लिए । जवाफमा कोलकाताले २१ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । सुनिल नरायन १५ रनमा आउट भएका थिए । अर्का ओपनर सल्टले ३३ बलमा ६८ रन बनाउँदै कोलकाताको जित सहज बनाए । यी दुईबीच ६ दशमलव १ ओभरमा ७९ रनको ओपनिङ सोझेदारी भएको थियो । सल्टले सात चौका र ५ छक्का प्रहार गरेका थिए ।

रिंकु सिंह ११ रनमा क्याच आउट भए । कप्तान श्रेयस ऐअर ३३ र वेंकटेस ऐअर २६ रनमा अविजित रहे । अक्सर पटेलले दुई विकेट हात पारे । कोलकाता नौ खेलबाट १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । छैटौं स्थानमा रहेको दिल्लीको एघार खेलबाट १० अंक छ । आईपीएलमा आज लखनउ सुपर जायन्टस र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.