आईपीएलमा राजस्थान रोयल्सले छैटौँ जित

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा राजस्थान रोयल्सले छैटौँ जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले छैटौँ जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा लिग लिडर राजस्थानले दोस्रो स्थानको कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले उत्कृष्ट शतकीय इनिङ खेले ।

कोलकाताको इडेन गार्डेन रंगशालमा राजस्थानले टस जितर फिल्डिङ रोजेपछि घरेलु टोलीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २३ बनाएको थियो । उसका सुनिल नरिनले ५६ बलमा १ सय ९ रनको शतकीय इनिङ्स खेले । आंगृष रघुवंशीले ३० र रिन्कु सिंहले २० रन बनाए । राजस्थानका आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए ।

जवाफमा २ सय २४ रनको विशाल लक्ष्य राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर जोस बटलरले ६० बलमा १०७ रनको अविजित इनिङ खेले । यस सिजन यो उनको दोस्रो शतक हो । रियान परागले ३४ र रोभमन पावेलले २६ रन बनाए । अन्तिम ओभरमा कोलकाताका वरुण चक्रवर्तीले ९ रन रक्षा गर्न सकेनन् । कोलकाताका हर्षित राना, सुनिल नरिन र वरुणले २-२ विकेट लिए ।

योसँगै ७ मध्ये ६ खेल जितेर १२ अंक जोडेको राजस्थान शीर्ष स्थानमा यथावत छ । कोलकाता ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । आईपीएलमा आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement