इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत

काठमाडौं । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन-२०७४ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।

 इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका उम्मेदवार लिम्बू ५ हजार ५० मत मात्रै पाउनुभयो जसका कारण उहाँको धरौटी जफत भएको हो ।

लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

सम्बन्धित समाचार :

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

यी चार कारण; जसले इलाम- २ को उपनिर्वाचनमा रास्वपालाई अगाडि आउन दिएनन्

बझाङबाट प्रदेशसभामा एमालेले खोस्यो कांग्रेसको सिट

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २ सय ६७ मतान्तरले विजयी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.