काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टि-ट्वेन्टी खेलमा नेपालको पहिलो विकेट गएको छ । दोस्रो इनिङमा १६१ रनक लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले कुशल भुर्तेलको विकेट गुमाएको छ । उनी ८ बलमा दुई रन बनाउँदै क्याच आउट भए ।
यसअघि अर्का ओपनर ब्याटरलोकेश बम रिटायर्ड हट भएका छन् । उनको ठाउँमा अनिल शाह आएका छन् । अहिले नेपाल ४ ओभरको समाप्तिमा १ विकेट गुमाएर २१ रन बनाएर खेलिरहेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।