आयरल्यान्ड उल्भ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने नेपाल एको निर्णय

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
आयरल्यान्ड उल्भ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने नेपाल एको निर्णय

काठमाडौं । नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिजको आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल अहिले दिउँसो १ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्ससँग आज (शुक्रबार), शनिबार र सोमबार गरी तीन टी-ट्वेन्टी खेल खेल्ने छ । त्यसपछि नेपाल ‘ए’ले उल्भ्ससँग तीन एकदिवसीय खेल खेल्ने तालिका छ । एकदिवसीय शृंखला बुधबारबाट सुरु हुनेछ ।

 यस अघि नेपालको सिनियर टोलीले उल्भ्ससँगको दुवै टी-ट्वेन्टी खेल जितेको थियो । 

टी-ट्वेन्टी सिरिजका लागि नेपालको ए टोलीमा कप्तान विनोद भण्डारीको नेतृत्वमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् । आजको खेलमा पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री बेञ्चमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement