कुशलले लिए अर्को विकेट, वेस्ट इन्डिज 'ए'ले ४ विकेट गुमायो

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुशलले लिए अर्को विकेट, वेस्ट इन्डिज 'ए'ले ४ विकेट गुमायो

काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टी-ट्वेन्टी खेलमा कुशल भुर्तेलले वेस्ट इन्डिज 'ए'को चौथो विकेट पनि लिएका छन् । १४ औं ओभरको दोस्रो बलमा कुशलले वेस्ट इन्डिजका केसी कार्टीलाई क्याच आउट गराए । यसअघि उनले कप्तान रोस्टन चेजलाई बोल्ड गरेका थिए ।

यस्तै सागर ढकालले पनि एकै ओभरमा दुई विकेट लिएका थिए । तेस्रो ओभर बलिङ गर्न आएका ढकालले ओभरको दोस्रो र पाँचौं बलमा विकेट लिएका हुन् । दोस्रो बलमा एलिक अथान्जे क्याच आउट भए भने तेस्रो बलमा जोनसन चाल्स बोल्ड भएका हुन् । अहिले वेस्ट इन्डिज 'ए' ले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ९३ रन बनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.