इलाम । प्रतिनिधिसभा सदस्यअन्तर्गत इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
अहिले सम्मको मतगणनामा एमालेका सुहाङ नेम्वाङको निरन्तर अग्रता कायम रहँदै आएको छ । पछिल्लो अपडेट अनुसार नेम्वाङ कांग्रेसका उम्मेदवार डम्बर खड्काभन्दा १ हजार २६० मतले अगाडि हुनुहुन्छ ।
डम्बर खड्काले ४ हजार ६६० मत ल्याउनु भएको छ भने सुहाङ नेम्वाङले ५ हजार ९२० मत प्राप्त गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको २ हजार ७१५ मत छ भने भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार १५ मत पाउनु भएको छ ।