कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने

वैशाख १३, २०८१ |कमल पन्त
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो तीन बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका छन् । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक-एक सांसद छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेललाई विश्वासको मत सजिलै प्राप्त हुन्छ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए ।

मुख्यमन्त्री कँडेलले हिजो माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सहमति नजुट्दा कर्णाली प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । आज विश्वासको मत लिएपछि मात्र मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ । 


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement