वेस्ट इन्डिज 'ए'विरुद्ध नेपालले आज पनि पहिले फिल्डिङ गर्ने

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए'विरुद्ध नेपालले आज पनि पहिले फिल्डिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज 'ए'विरुद्ध अन्तिम टी-ट्वेन्टी खेलमा नेपालले आज पनि पहिले फिल्डिङ गर्ने भएको छ । नेपाल र वेस्ट इन्डिजको 'ए'बीचको पाँचौं टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा हुने खेल सवा १२ बजे सुरु हुनेछ ।

यो खेल अघिनै सिरिज गुमाइसकेको घरेलु टोली आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ । पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा हार बेहोरेपछि पाहुना टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज जितिसकेको छ ।

त्यसैले नेपाल अन्तिम खेलमा बलियो टोली वेस्ट इन्डिजलाई हराएर आईसीसी टी-ट्वेन्टी विश्वकपअघि मनोवल उच्च बनाउन चाहन्छ । आजको खेल सँगै नेपालको घरेलु मैदानमा विश्वकप तयारी पूरा हुनेछ । मोन्टी देसाइको प्रशिक्षणमा रहेको नेपाल आज राति अमेरिका प्रस्थान गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.