काठमाडौं । सागर ढकालले वेस्ट इन्डिज 'ए'को तीन विकेट लिएका छन् । सिरिजको अन्तिम टी-ट्वेन्टी खेलमा टस हारेर पहिले फिल्डिङ सुरु गरेको नेपालले दोस्रो ओभरको चौथो र आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएको हो।
चौथो ओभरमा ढकालले कदीम एलिनलाई क्याच आउट गराएका थिए । आठौं ओभरको पहिलो बलमा जोन्सन चाल्सलाई र तेस्रो बलमा मार्क डियाललाई आउट बनाएका हुन् । ८ ओभरको समाप्तिमा वेस्ट इन्डिज 'ए' ३ विकेट गुमाएर ६५ रन बनाएर खेलिरहेको छ ।
पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा हार बेहोरेपछि पाहुना टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज जितिसकेको छ ।