एमालेलाई देउवाको प्रश्न- मदनको हत्यारा किन पत्ता नलगाएको ?

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेलाई देउवाको प्रश्न- मदनको हत्यारा किन पत्ता नलगाएको ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा किन अझै पत्ता नलगाएको भन्दै एमाले नेतृत्वलाई प्रश्न गर्नुभएको छ । सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा एमालेद्धारा आयोजित हिरक जयन्ति समारोहमा बोल्दै उहाँले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न गर्नुभएको हो ।

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो ।

'कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन,' सभापति देउवाले भन्नुभयो, 'हुँदाहुँदा उहाँको ड्राईभर पनि मारियो । त्यो पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ?'

एमालेबाट पटक-पटक प्रधानमन्त्री र राष्ट्रपति बन्दा पनि अझै हत्यारा पत्ता नलगाएको देउवाको आरोप थियो । 'कांग्रेसको विरोध गर्न सजिलो होला,' उहाँले भन्नुभयो, 'गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नु पर्‍यो नि । दुई पटक राष्ट्रपति बनिसक्नु भयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement