जसपा सांसद खानद्वारा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपा सांसद खानद्वारा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराउनुभएको हो । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो ।

जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनालाई सिफारिस गरिएको हो ।

शुक्रबार सभामुख घिमिरेले उहाँलाई प्रतिनिधिसभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement