इलाम-२ को उपनिर्वाचनमा रास्वपाको उम्मेद्‍वार मिलन लिम्बु

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
इलाम-२ को उपनिर्वाचनमा रास्वपाको उम्मेद्‍वार मिलन लिम्बु

काठमाडौं । इलाम निर्वाच क्षेत्र-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्‍वार घोषणा गरेको छ । मिलनले यसअघि नै इलाम-२ का लागि चैत ४ गते आफ्नो स्वतन्त्र उम्मेद्‍वारी घोषणा गरेका थिए । पत्रकारिता पृष्ठभूमिका लिम्बु चैत ४ मा स्वतन्त्र उम्मेदवारी घोषणा लगत्तै निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जुटिसकेका थिए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि इलाम-२ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार घोषणा गरेको थियो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जितेको इलाम-२, उनको निधनपछि रिक्त थियो । सुहाङ सुवास नेम्वाङका छोरा हुन् । 

यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement