काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको दाहाल र देउवाबीचको भेटमा संसद् सञ्चालन र संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने लगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । त्यस्तै, संसदमा कांग्रेसले उठाउँदै आएको मुद्दा सम्बोधनका विषयमा पनि छलफल भएको आचार्यले जानकारी दिए ।
संवैधानिक परिषद्को बैठक र त्यसका एजेन्डाबारे पनि छलफल भएको जनाइएको छ । संवैधानिक परिषद्को बैठक चैत १८ गते बोलाउने तय भएको छ ।