काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । काठमाडौं महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते जफत गरिएको चाउचाउको १५० ग्राम नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशाला परीक्षणले चाउचाउमा एसिड भ्यालु तोकिएको मात्रा भन्दा निकै बढी पाइएको देखाएको थियो । यसको अर्थ तेलको गुणस्तर नभएको हुने खाद्य प्राविधिकको भनाइछ ।
महानगरले जरिवाना तोक्नुका साथै सो लटको उत्पादन बजारबाट फिर्ता लगी त्यसको प्रमाण समेत पेस गर्न निर्देशन दिएको छ ।