नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष

काठमाडौं । नेपालमा जनसङ्ख्या वृद्धिदर ८० वर्ष यताकै कम भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेको जनाएको हो ।

त्यस्तै नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष रहेको कार्यालयले जनाएको छ । २०६८ र २०७८ को अवधिमा करिब २७ लाख जनसङ्ख्या बढेको थियो । अब भने वृद्धिमा सङ्कुचन आउने राष्ट्रिय तथ्यांक कार्यालयका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो ।

नेपालमा अहिले ६० प्रतिशत एकल तथा ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.