काभ्रेमा ट्रक दुर्घटना हुँदा ५ जना घाइते

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा ट्रक दुर्घटना हुँदा ५ जना घाइते

काभ्रे । काभ्रेको धुलिखेलको बेइजिङ प्लानमा ट्रक दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

बीपी राजमार्गमा काभ्रेभञ्ज्याङबाट धुलिखेल आउँदै गरेको बा.३क २९३ नम्बरको ट्रक बेइजिङ प्लाननजिकै अनियन्त्रि भई सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा काभ्रेको नमोमुद्ध नगरपालिका ६, खाक्सका ५६ वर्षीय ट्रक चालक इन्द्रबहादुर तामाङ, गंगाबहादुर तामाङ, मिच्याउ तामाङ, पञ्चलाल तामाङ र सूर्य लामा घाइते भएका छन् ।

सबै घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement