कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
शनिबार अपराह्न गर्मी छल्न दोदा नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका ४, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर विष्टको उद्धार गरी बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) उमेश जोशीले जानकारी दिनुभयो ।